नेपाल सरकार
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय, उदयपुरको
“जनताको संविधान जनता कै माझमा” राष्ट्रव्यापी प्रचार अभियान सम्बन्धि जरुरी सूचना
जिल्ला विकास समितिको कार्यालय उदयपुर र त्रियुगा नगरपालिका उदयपुरको संयुक्त आयोजनामा नेपालको संविधान, जनताको संविधान “जनताको संविधान जनता कै माझमा” राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रम अन्तर्गत जिल्लास्तरीय कार्यक्रम यही मिति २०७२ साल पौष महिनाको १८ गते बिहान ११ ः ०० बजे देखि त्रियुगा उच्च मा.वि. गाईघाटको प्राङ्गणमा हुने भएकोले उक्त मिति, समय र स्थानमा उपस्थितिका लागि सम्पूर्ण जिल्लाबासी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।
आयोजक
जि.वि.स. उदयपुर ।
र
त्रि.न.पा. उदयपुर, गाईघाट ।
