आ.व.२०७४/७५ को उदयपुर जिल्लाको स्वीकृत ज्याला तथा जिल्ला दररेट आ.व.०७३-७४ को समिक्षा फर्मेट पावरप्वाईन्ट र एक्सल चालु आ.व.०७३-७४ मा सञ्चालित योजनाहरुको अनुगमन सम्वन्धी कार्यतालिका इलाकाबाट माग भएका आर्थिक विकास समितिका कम्पाईल योजनाहरुको विवरण इलाकाबाट माग भएका भौतिक पुर्वाधार विकास समितिका कम्पाईल योजनाहरुको विवरण इलाकाबाट माग भएका सामाजिक विकास समितिका कम्पाईल योजनाहरुको विवरण इलाकाबाट माग भएका वन तथा वातावरण समितिको कम्पाईल योजना समन्वय बैठक निर्णय र परिषद् सञ्चालन कार्यतालिका निर्वाचन क्षेत्र कार्यक्रम तर्फ चालु आव ०७३-०७४ मा छनौट भएका योजनाहरुको विवरण आ.व.०७४-७५ को बजेट सिलिङ्ग र मार्गदर्शन

संक्षिप्त परिचय

उदयपुर जिल्लाको सङ्क्षिप्त परिचय

१.१ भौगोलिक अवस्थिति

महाभारत श्रृङ्खलादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्र भित्र उदयपुर जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित रहेको छ । यो जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्दछ । पूुर्वतिर साँघुरिएर पश्चिमतिर फुक्दै गएको यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलो मिटर (२०६३०० हे.) रहेको छ । भू–बनोटको आधारमा पहाड, बेशी, टार र तराई समेतको भू–भाग ओगट्ने यो जिल्ला क्षेत्रफलको हिसावले नेपालको २०आं,ै पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ । यो जिल्लाको  सिमानामा उत्तरमा मुख्यतः भोजपुर तथा खोटाङ र वखलढुङ्गाको केही भाग, पश्चिममा मुख्यतः सिन्धुली र धनुषाको केही भाग, दक्षिणमा सिर।हा र सप्तरी जिल्ला एवं पूर्वमा मुख्यतः सुनसरी र धनकुटा जिल्लाको केही भाग रहेको छ । यसरी उदयपुरको सिमानामा ९ जिल्ला पर्दछन, जुन नेपालको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्लाको दोस्रो स्थानमा पर्दछ । विषम भौगोलिक बनोट रहेको यस जिल्लामा महाभारत श्रृङ्खला अन्तरगत धारिला विकट डाँडाहरु छरिएका र पातलिएका बस्तीहरु छन् भने महाभारत फेदीदेखि चुरे श्रृङ्खला विचमा समथर फाँटहरु र दक्षिणी सिमाना चुरे क्षेत्रमा घना जङ्गल रहेको छ ।

त्रियुगा नदीको किनारमा चुरे र महाभारततर्फको विचमा रहेका भित्री मधेसका फाँटहरु मध्ये त्रियुगा नगरपालिका त्रियुगा उपत्यका नामले पनि चिनिन्छ । यही नगरपालिकामा अवस्थित गाईघाट (बोक्से)मा सदरमुकाम रहेको यो जिल्ला समुद्र सतहबाट ३६० मिटरदेखि  २३१० मिटर उचाइसम्म रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ३ लाख १७ हजार ५३२ जना जनसङ्ख्या भएको यस जिल्लामा ३ संसदीय निर्वाचन क्षेत्र, ११ जिल्ला विकास समिति इलाका, १ नगरपालिका र ४४ गाउँ विकास समिति रहेका छन् ।

भौगोलिक अवस्थितिः

अक्षांसः-    २६०३९’०” देखि २७० १’१०” उत्तरी अक्षांश
सिमानाः-    पूर्वः  भोजपुर, खोटाङ र ओखलढुङ्गा
पश्चिमः  सिन्धुली र  धनुषा
दक्षिणः  सिराहा र सप्तरी
पूर्वः    धनकुटा र सुनसरी
क्षेत्रफलः २०६३ वर्ग किलो मिटर
भौगोलिक विभाजनः–  पहाड, तराइ र  भित्री मधेस

१.२ राजनीतिक सिमाना

पूर्व–पश्चिम लम्बिएर रहेको यस जिल्लालाई भौगोलिक रुपमा उत्तरमा सुनकोसी, पूर्वमा सप्तकोसी, पश्चिममा कमला र दक्षिणमा चुरे पर्वतले छुट्याएको छ । दक्षिणतर्फको अधिकांश भागको सिमानाको काम चुरे पहाडले गरी सिराहा र सप्तरीसँग छुट्याएको छ । पश्चिममा अफगानिस्तानदेखि सुरु भएर लगातार हानिदै आएको चुरे पहाड यसै जिल्लामा आएर अन्त्य हुन्छ । पहिला उदय नाम गरेको राजाले यस जिल्लामा शासन गरेको हुँदा यस जिल्लाको नाम उदयपुर रहन गएको भन्ने किम्बदन्ती पनि सुनिन्छ । विसं २०२८ भन्दा अगाडि यस जिल्लाको सदरमुदकाम हालको पञ्चावती गाविसमा पर्ने उदयपुर गढी भन्ने ठाउँमा थियो । विसं २०२८, जेठ ९ गतेदेखि यस जिल्लाको सदरमुकाम गाईघाटमा सारिएको छ । जुन महेन्द्र राजमार्गको कदमाहादेखि २७ किमि उत्तरमा रहेको छ । यो जिल्ला महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खलाविच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरु, छरिएका र पातलिएका बस्तीहरु छन् भने महाभारत फेदीदेखि चुरे श्रृङ्खलाविचमा समथर फाँटहरु र दक्षिणी सिमाना चुरे क्षेत्रमा जङ्गल रहेको छ । महाभारत र चुरे श्रृङ्खलाको विचमा दुइवटा ठुला ठुला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रुपमा पनि गणना गरिन्छ । यस जिल्लाको पश्चिममा रहेको फाँटमा रिस्कू, त्रिवेणी र कटारी गाविस रहेका छन् भने पूर्वी भागको ठुलो फाँटमा ठोक्सिला, तपेश्वरी, बसाहा, बेल्टार, सुन्दरपुर, हडिया, जोगी दह गरी जम्मा १० गाविस एवं एक त्रियुगा नगरपालिका रहेका छन् । बाँकी ३४ गाविसहरु सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन् ।

१.३  प्रशासनिक विभाजन
यस जिल्लामा ३ संसदीय निर्वाचन क्षेत्र, ११ इलाका, १ नगरपालिका र ४४ गाउँ विकास समिति रहेका छन् ।
१.४ भूक्षेत्र, भूक्षय, भूउपयोग तथा जलभण्डार
१.४.१  भूक्षेत्र
यस जिल्लाको भित्री मधेसका फाँटहरु समुद्री सतहदेखि ३६० मिटरदेखि बढीमा २३१० मिटर उचाईसम्मका पहाडहरु रहेका छन् । भूबनोटको आधारमा यस जिल्लालाई ३ प्रकारको धरातलीय स्वरुपमा बाँड्न सकिन्छ ।
१.४.१.१  पहाडी भूभाग
उत्तरमा सुनकोसी नदी र दक्षिणमा महाभारतको उपल्लो भागसम्म पहाडी भूभाग पर्दछन् । जिल्लाको करिब ६० %  भाग यस भूभागले ढाकेको छ । करिब ११०० मि. देखि २३१० मिटरसम्मको उचाई रहेको यस क्षेत्रमा लेखानी, माझखर्क (नामेटार), रौता पोखरी जस्ता अग्ला डाँडा एवं टाकुरा पर्दछन् ।

१.४.१. बेसी र टार
करिब ५५० मिटरदेखि ११०० मिटरसम्मको उचाई रहेको  यस धरातलीय स्वरुपमा महाभारत उपल्लो भागदेखि दक्षिणमा तराईको भूभाग छेउछाउसम्म ढाकेको छ । जिल्लाको करिब ९% भूभाग समेटेको यस क्षेत्रमा नेपालटार, मुर्कुची र मैनाटार जस्ता साना उपत्यकाहरु र बाहुनीटार, भुट्टार, हर्देनी जस्ता बेसी एवं खोंचहरु   पर्दछन् ।

१.४.१.१  तराई भूभाग
समुद्री सतहदेखि ३६० मिटरदेखि ५५० मिटरसम्मको उचाईमा अवस्थित यस भूभागले भित्री मधेसको रुपमा चिनिने यस जिलाको करिब ३१% क्षेत्र ओगटेको छ । मुख्य रुपमा त्रियुगा र तावा खोलाको सीमावर्ती क्षेत्रमा पर्ने यस धरातलीय स्वरुपको दक्षिण भागमा चुरे पहाड पर्दछ । यो क्षेत्र नदी कटान समस्याले ज्यादै ग्रसित छ । जिल्लाको प्रमुख स्थानहरु गाईघाट, कटारी र बेल्टार यसै भागमा पर्दछन् ।


उदयपुर जिल्ला नदी तथा खोलानालाहरुको जिल्ला भएको हुनाले नदी तथा खोला आसपासको जग्गा पाँगो माटो र अन्य ठाउँहरुमा दोमट, बलौटे दोमट, चिम्टाइलो किसिमको माटो पाइन्छ । माटोको परीक्षण विवरण अनुसार यस जिल्लाको माटो फाटफुट रुपमा मात्र अम्लीय र क्षारीय भएको र बाँकी तटस्थ किसिमको भएको पाइएको छ । जिल्लाको ठुलो क्षेत्रफल पहाड र पाखाहरुले भरिएको हुँदा कृषिको लागि उपयोगी क्षेत्र सीमित छ । सामान्यतः पुरातन कृषि प्रणालीमा धान, मकै, कोदो, गहुँ यस जिल्लाका प्रमुख बाली हुन् । यिनको उत्पादकत्व पनि खास गरी समथर भूभागमा बढी छ । जिल्लाको पहाडी क्षेत्र र भिरालो पाखाहरुमा सुन्तला, नास्पाती, अलैंची आदि खेती हुने देखिए तापनि बजार एवं वित्तीय संस्थाहरुको अभावमा त्यत्ति विकास हुन सकेको छैन । यस जिल्लाको सम्पूर्ण भूभागको जम्मा १५ % मात्र खेती योग्य जमिन रहेको छ । कुल ३०९४४ हेक्टर खेतीयोग्य भूमिमध्ये बाह्रै महिना सिंचाइ हुने जमिन जम्मा ८१५० हेक्टर र वर्षायाममा मात्र सिंचाइ हुने भूमि ७ हजार हेक्टर रहेको छ । सिंचाइ नहुने पाखो १५७९४ हेक्टर रहेको छ ।

१.६  भूक्षय सम्भावित क्षेत्र

यस जिल्लाको करिब ६० % भूभाग पहाडी भूभागले ढाकेको हुँदा अधिकांश जमिन भिरालो रहेको छ । भूसंरक्षण र बनोट जटिल र कमजोर भएको कारण यस जिल्लाको धेरै भाग पहिरोको लागि संवेदनशील देखिन्छ । अधिकांश क्षेत्र पहाडी भएकोले जमिनको माथिल्लो सतहको मलिलो माटो बगेर तल्लो क्षेत्रतिर जाने गर्दछ । यसबाट वर्षेनी बाढी तथा नदी कटानको समस्याका साथै नदी खोलाको पिंध अत्याधिक मात्रामा बढिरहेको छ । नेपालको तराई क्षेत्रमा प्रतिवर्ष औसत १५ सेमिका दरले नदीको पिंध माथि उठ्छ भन्ने तथ्याङ्क भए तापनि उदयपुरमा यो करिब १ मिटर जति रहेको अनुमान छ । यदि यही क्रममा खोला, नदीको पिंध बढ्ने हो भने अब केही वर्षमा बस्ती, खेतीपाती भएको ठाउँमा नदी, खोला बग्ने र पहिले खोला भएको ठाउँमा ढिस्को देखिन सक्छ । पहाडी भागको मलिलो माटो बग्ने तथा जग्गा भूक्षयको कारणले ठाउँ ठाउँमा गल्छी बनी क्षतविक्षत भइरहेका हुँदा यस जिल्लाको जग्गाको उर्वराशक्तिमा ह्रास आई जनताको जीवनस्तर दिन प्रतिदिन खस्कदो अवस्थामा रहेको छ । भूक्षय तथा तल्लो क्षेत्र पुरिने समस्या अत्याधिक मात्रामा चुरे क्षेत्रको तल्लो भागमा रहेको छ । यहाँ वर्षेनी कैयौं टन माटो चुरे पहाडबाट बगेर आई नजिकको तल्लो क्षेत्र बलौटे माटोले पुरिने प्रक्रिया भइरहेको छ । यस्तै समस्या महाभारतबाट वर्षामा बगेर आउने माटोले पनि सिर्जना गरेको छ ।

१.७ जलवायु
मनसुनी हावापानी भएको यस जिल्लामा हावापानीको विशेषता जेष्ठ, आषाढदेखि भाद्र र असोजसम्म बढी पानी पर्ने र हिउँद याममा कम वर्षा हुने गर्दछ । यस जिल्लाको अधिकतम तापक्रम ४१० सेल्सियस र न्यूनतम तापक्रम सरदर १६० सेल्सियस छ भने वर्षा सरदर २,१५२ मिलिमिटर छ । कुल वर्षामध्ये करिब ८०% मनसुनी वर्षा र २०% आग्नेय वर्षा हुने गरेको छ । यहाँको हावापानीलाई भूभागको उचाइ, सामुद्रिक दुरी, पर्वतको मोहडा, हिमाली अक्षांश आदिले प्रभावित पारेको छ । भौगोलिक वनावटका आधारमा यस जिल्लामा उष्ण हावापानी र न्यानो समशीतोष्ण हावापानी दुइ खालका जलवायु भए तापनि २१०० मिटरभन्दा माथि उचाइ (२१००–२३१०० मि.) मा ठन्डा समशीतोष्ण हावापानी पनि रहेको छ । क्षेत्रफलको हिसाबले ८०.६% भू–भाग उष्ण, १८.८% भू–भागमा न्यानो समशीतोष्ण र ०.६% भू–भागमा ठन्डा समशीतोष्ण जलवायु रहेको पाइन्छ ।

१.८ भूउपयोग
१.८.१  ग्र्रामीण क्षेत्रमा वर्र्तमान  भूूउपयोग
यस जिल्लाको धेरैजसो भाग ग्रामीण क्षेत्रमा पर्दछ । त्रियुगा नगरपालिका क्षेत्र नगरको रुपमा गणना गर्न सकिन्छ । अन्य सबै भाग ग्रामीण क्षेत्रमा पर्दछ । जिल्लाको कुल क्षेत्रफल २,०६,३०० हेक्टर जमिनमध्ये जम्मा ३०,९४४ हेक्टर जमिन (१५ %) मात्र खेतीयोग्य जमिन रहेको छ । कुल खेतीयोग्य जमिनमध्ये जम्मा ८,७६७ हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध छ । यस जिल्लाको ७२.९८% भू–भाग बनजङग्ल तथा बुट्यानले ढाकेको छ भने नदीनाला तथा आवासले करिब ५.३४% भूभाग ओगटेको छ । यस जिल्लाका करिब ४.४२% भूभाग चरनले ढाकेको छ ।

१.८.२. सहरी क्षेत्रमा वर्तमान  भूउपयोेग
नगरपालिका क्षेत्रलाई मात्र सहरी क्षेत्रको रुपमा लिने हो भने यस जिल्लाको एक मात्र नगरपालिका त्रियुगा नगरपालिकाको क्षेत्रलाई सहरी क्षेत्र मान्न सकिन्छ । यसको क्षेत्रफल करिब २८७ वर्ग किलोमिटर मात्र रहेको हुँदा यस जिल्लाको १३.९१ % भूभाग सहरी क्षेत्रले ढाकेको देखिन्छ । तर कटारी, मुर्कुची र बेल्टार जस्ता नगरोन्मुख बजारहरु गाविसमा नै रहेता पनि यी क्षेत्रहरुलाई सहरी क्षेत्रको रुपमा लिएमा यस जिल्लाको सहरी भूभागको  प्रतिशत केही बढी देखिन आउँछ ।

१.९  भिरालोपन
उदयपुर जिल्लाको धेरै जसो भूभाग पहाडी भएको हुँदा भिरालो छ । जमिनको भिरालोपन जति बढी भयो भूक्षयको सम्भावना पनि त्यत्ति नै बढी हुन्छ । पर्यावरणीय दृष्टिकोले १८ %सम्म भिरालोपन भएको जमिनमा (९० डिग्रीलाई शत प्रतिशत भिरालोपन मान्दा) ज्यादै न्यूनतम भूक्षय हुन्छ । त्यसकारण कतिपय विकसित मुलुकहरुमा १८ % भन्दा बढी भिरालोपन भएको जमिनको उपयोगमा नियन्त्रण गरेको हुन्छ भने ५० %भन्दा बढी भिरालोपन भएको भूमिलाई पूर्णरुपमा संरक्षित भूमिको रुपमा राखेको हुन्छ (रायोआ, २०५७) । तर नेपालमा यस किसिमको कुनै नीति अपनाइएको छैन । भौगोलिक रुपले उदयपुर जिल्लालाई तराई र भित्री मधेस, उच्च पहाड र मध्ये पहाड गरी ३ भागमा विभाजित गरिएको छ । उच्च र मध्य पहाडी भागको धेरै जसो भाग ३० डिग्रीभन्दा बढी भिरालोपन भएकोले यस क्षेत्रमा खेती योग्य भूमि कम छ ।

१.१०  जलभण्डार
जिल्लाको पानीका स्रोतको रुपमा साना तथा ठुला नदी तथा पोखरीहरु रहेका छन् । पोखरीहरुमा रौता पोखरी, सुके पोखरी, ताप्ली पोखरी, जोगिदह चुरे जङ्गलको पोखरी र झिल्के पोखरी जस्ता साना पोखरीहरु भए तापनि उल्लेखनीय रुपमा ठुला ताल तलैयाहरु छैनन् । यस जिल्लाको सबभन्दा ठुलो नदी त्रियुगा हो । अन्य दुइ प्रमुख नदीहरुमा तावा खोला पश्चिमी क्षेत्र र वैद्यनाथ खोला मध्ये भाग हुँदै तावा खोलामा मिसिन पुग्छन् । यस जिल्लामा रहेका अन्य नदीहरुमा ककरु खोला, यारी खोला, राँकुली, बरुवा खोला, अँधेरी, बहादुरा खोला र रसुवा खोला सहायक खोलाको रुपमा रहेका छन् भने सुनकोसी, सप्तकोसी र कमला नदी सिमाना नदीको रुपमा रहेका छन् । यस जिल्लाको जलभण्डारको रुपमा यिनै साना पोखरी, नदीनाला र सतह पानी मात्र हुन । पानीको उपयोगिताको सन्दर्भमा यस जिल्लाका नदीनालाहरुबाट सीमित रुपमा सिंचाइ कार्यमा उपयोग गरिएको छ । यस बाहेक अन्य कार्यमा उपयोग गर्न सकिएको छैन । यी खोला तथा नदीहरुको जलाधार क्षेत्रमा वन विनास बढ्न गएको र त्यसको उचित संरक्षण हुन नसकेको हुँदा यी नदीहरुले ज्यादै धेरै मात्रामा नदी कटान गर्न थालेका हुँदा यस जिल्लाको सबभन्दा ठुलो समस्या नै नदी कटान देखिन थालेको छ ।

१.११ प्रमुख पर्यटकीय, ऐतिहासिक तथा अन्य स्थानहरु
१.११.१  पर्यटकीय क्षेत्र
यस जिल्लामा केही मात्रामै भए पनि पर्यटकीय क्षेत्रहरु रहेका छन् । तीमध्ये केही ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वका पर्यटकीय क्षेत्र छन् भने केही ऐतिहासिक एवं अन्य पर्यटकीय क्षेत्रहरु रहेका छन् । यस जिल्लाका केही प्रमुख पर्यटकीय स्थलहरु निम्नानुसार रहेका छन् ः

(क) त्रिवेणी मेला     (ख) उदयपुर सिमेन्ट फयाक्टी«        (ग) ताप्ली पोखरी (घ) चौदण्डी दरबार     (ङ) उदयपुर गढी    (च) रौता पोखरी (छ) गिद्धगया         (ज) बेलका दरबार (भग्नावशेष)       (झ) राजदह
(ञ) पातले छाँगो       (ट) चित्रेथाम

१.११.२  धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरु
रौता भगवती, पञ्चावती मन्दिर, चौदण्डी शिवालय, इन्द्रेश्वर महादेव ढिम्की, खाट मन्दीर, बागचौरी, असारीको शिवालय, चुरिया माई, राम जानकी मन्दिर, मोतिगडा, शिद्धेश्वर महादेव चुहाडे, गणेश र भगवती मन्दिर, शिव मन्दिर जलजले, राधा कृष्ण मन्दिर गाईघाट, दनुवार जातिको इष्ट देवको मन्दिर कटारी–२, गुप्तेश्वर महादेवको मन्दिर, ककनी मन्दिर कालीखोला आदि धार्मिक महत्वका स्थलहरु हुन भने चौदण्डी गढी, उदयपुर गढी, बेलकातरी दरवार, खाट बजार, रंग महल, टंकेला गुफा यस जिल्लाका प्रमुख ऐतिहासिक महत्वका स्थलहरु हुन् ।

१.११.३  प्रमुख नदीहरु
सप्तकोसी, रसुवा, त्रियुगा, बरुवा, कंग खोला, द्वार खोला, तावा खोला, वैद्यनाथ खोला, ककरु खोला, बादुरा खोला, कमला खोला आदि प्रमुख हुन ।

१.११.४  प्रमुख ताल÷पोखरी
यस जिल्लाका प्रमुख पोखरीहरुमा रौता पोखरी, सुके पोखरी, ताप्ली पोखरी, झिल्के पोखरी, थान पोखरी, जोगिदहको
पोखरी आदि हुन ।

१.११.५  प्रमुख व्यापारिक महत्वका ठाउँहरु
यस जिल्लाका प्रमुख  व्यापारिक स्थलहरुमा गाईघाट, कटारी, बेल्टार, घुर्मी, जलजले, नेपालटार, मुर्कुची, रामपुर ठोक्सिला आदि हुन ।

१.१२ सहरीकरण तथा बस्ती विकासको स्वरुप
१.१२ं.१ सहरीकरण

सदरमुकाम गाईघाटमा सडक तथा विद्युत् आदि सुविधा पुगेपछि सहरीकरण प्रक्रियाले तीव्ररुपमा लिएको छ । सबै सरकारी कार्यालयहरु यहाँ नै रहेका, जिल्लाको अन्य स्थानको तुलनामा शिक्षा, स्वास्थ्यको सुविधा यस स्थानमा उपलब्ध भएको र गाईघाट दिक्तेल राजमार्ग निर्माण सुरु भएपछि जिल्लाको अन्य भाग तथा छिमेकी जिल्लाबाट समेत यस बजारमा बसाई सराई गर्ने प्रवृत्ति बढेको हो । यस स्थानमा बस्तीहरु तीव्र रुपमा बढिरहेको हुँदा व्यवस्थित नगर योजनाबाट बाटो, खानेपानी, ढल निकास इत्यादिको विकास गर्नु पर्ने देखिएको छ ।

.१.१२.३ बस्ती विकासको स्वरुप र बस्ती श्रृङ्खला
यस जिल्लाको ग्रामीण क्षेत्रमा साना ठुला गरी करीब जम्मा दुइ हजार सिबिएस,२०६८ मा जम्मा २०९६ बस्तीहरु देखिएका थिए ) वटा बस्तीहरु रहेका छन् । जिल्लाको अधिकांश भाग पहाडी क्षेत्रमा परेको हुँदा धेरै बस्तीहरु पातलो र छरिएर रहेका छन् । ती बस्तीहरुमा पूर्वाधार र अन्य सुविधा पु¥याउन बढी खर्च लाग्ने देखिन्छ ।


Skip to toolbar